दफा १०
पारस्परिक कानूनी सहायता सम्बन्धी कारवाही गर्नु पर्ने
(१) कसूरको अनुसन्धान तथा
तहकिकातको सिलसिलामा दफा ४ बमोजिम नियन्त्रणमा लिने वा रोक्का राख्ने आदेश जारी
भएको सम्पत्ति वा साधन विदेशमा रहे भएको जानकारी हुन आएमा अनुसन्धान अधिकारीले
प्रचलित कानून बमोजिम पारस्पारिक कानूनी सहायता प्राप्त गर्न आवश्यक कारवाही
चलाउनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम कारवाही चलाउँदा अनुसन्धान अधिकारीले त्यस्तो
सम्पत्ति वा साधन रहे भएको ठाउँ, त्यसको प्रकृति, मूल्य तथा उपलब्ध भएसम्मको अन्य
विवरण समेत खुलाउनु पर्नेछ ।
(३) पारस्परिक कानूनी सहायता प्राप्त गर्न यस दफा बमोजिम चलाइएको कारवाही
सम्बन्धी विवरण अनुसन्धान अधिकारीले विभागलाई नियमित रुपमा दिनु पर्नेछ ।